October 19, 2017

निर्वाचनले लोकतन्त्रकाे विकास हुनेमा राष्ट्रपतिले विश्वस्त

सुनसरी, २३ चैत्र । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्रको विकासका लागि निर्वाचन महत्वपूर्ण सावित हुने विश्वास व्यक्त गरेकी छन् ।

सुनसरीको चतरामा भएको कार्यक्रममा राष्ट्रपति भण्डारीले संविधान घोषणासगै मुलुक नयाँ चरणमा प्रवेश गरेको भन्दै सबै मिलेर निर्वाचन गराउनुपर्ने धारणा ब्यक्त गरेकी छन् ।

कार्यक्रममा राष्ट्रपति भण्डारीलाई बृहत्तर बराहक्षेत्र विकास समिति र जगद्गुरु रामानन्दाचार्य सेवा पीठका तर्फबाट नागरिक अभिनन्दन गरिएको थियो । उनी बराहक्षेत्र मन्दिर पुगेर पूजाअर्चनामा समेत सहभागी भएकी थिईन।