October 17, 2017

निर्वाचनले राजनीतिक फोहर सभा हुने प्रधानमन्त्रीको विश्वास

 

काठमाण्डौ २८ फाल्गुन । प्रधानमन्त्री पुष्पकमल दाहालले बागमती सफाइ महाअभियानले गति लिए जस्तै निर्वाचनमार्फत् राजनीतिक फोहर पनि सफाइ गरिनुपर्ने बताएका छन ।

बागमती सफाइ महाअभियानको २०० औँ हप्ताका अवसरमा शनिबार शङ्खमूलमा आयोजित मूल समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले सभ्यता र संस्कृति संरक्षण गर्न मानव सागर उर्लेको बताए । सरकारले जारी गरेको सफाइ घोषणापत्र र सपथ कार्यान्वयन गर्न सबैले सहयोग गर्नु पर्ने प्रधानमन्त्री प्रचण्डले बताए । सबै गाउँपालिका र नगरपालिकामा सफाइ अभियान सञ्चालन गरिने उनको भनाइ थियो । वातावरणीय सफाइ अभियानले राजनीतिक सफाइ अभियानलाई पनि बल पुग्नेमा प्रधानमन्त्री दाहालको जोड थियो ।

मुख्य सचिव सोमलाल सुवेदीले १० बुँदे सफाइ घोषणापत्र जारी गर्नुहुँदै विद्यालय लगायत सार्वजनिक स्थलमा साप्ताहिक रुपमा सफा गरिने बताए । विसं २०७० जेठ ५ गते सुरु भएको वाग्मती सफाइ महाअभियान २०० औँ हप्ता प्रवेश गरेका अवसरमा सुन्दरीजलदेखि चोभारसम्म पदयात्रासहित सफाइ गरिएको थियो । कार्यक्रममा बिभिन्न दलका नेता , शताब्दी पुरुष सत्यमोहन जोशी, हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलगायत सरकारका उच्च पदस्थ अधिकृतको सहभागिता थियो