October 17, 2017

निर्वाचनमा सहभागी नभए मोर्चालाई नै हानी हुने देउवाको जीकिर

काठमाण्डौ, १ वैशाख । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले निर्वाचनमा सहभागी नभए मधेशी मोर्चालाई नै हानी हुने बताएका छन् ।

देउडा समाजले शुक्रबार काठमाण्डौमा गरेको कार्यक्रममा देउवाले लोकतान्त्रिक पद्धतिमा निर्वाचन नै महत्वपूर्ण रहेको भन्दै निर्वाचनमा नआए मोर्चालाई हानी हुने बताएका हुन् । उनले मोर्चाको माग अनुसार नै संविधानको दोश्रो संशोधन दर्ता भएको उल्लेख गर्दै सहमतिमा आउन आग्रह पनि गरे ।

उनले अझै पनि मोर्चाको मागलाई सम्बोधन गर्न आफूहरु लचिलो रहेको बताए । सभापति देउवाले आगामी वैशाख ३१ गते नै स्थानीय निकायको निर्वाचन हुने भन्दै कुनै बाहनामा निर्वाचन नसर्ने स्पष्ट पारे ।

कार्यक्रममा एमाले नेता भीम रावलले निर्वाचन सार्ने षड्यन्त्र भइरहको भन्दै कुनै पनि हालतमा तोकिएको समयमा नै निर्वाचन हुनुपर्नेमा जोड दिए ।