October 23, 2017

निर्वाचनमा भाग लिने वैद्य माओवादीको तयारी

काठमाण्डौ,१५ चैत्र । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले ३१ वैशाखको लागि तोकिएको स्थानीय तहको निर्वाचनमा भाग लिने अन्तिम तयारीका साथ पार्टीभित्र छलफल अगाडि बढाएको छ ।

संविधानसभाको दोस्रो र्निवाचनको बहिष्कार गरेको वैद्य नेतृत्वको माओवादीले संविधान जारी भएपछि पनि नयाँ संविधानको विरोध गर्दै आएको छ । पछिल्लोपटक भने उसले पार्टीको नामबाट भन्दा पनि मोर्चाको नामबाट निर्वाचनमा सहभागी हुने गरी छलफल अघि बढेको हो ।

वैद्य माओवाादीले स्थानीय तहको निर्वाचनमा सहभागिताका लागि निर्वाचन आयोगसँग छलफल गरेर मोर्चाको नामबाट एउटै चुवाबचिन्ह प्रदान गर्न माग गर्ने भएको छ । पार्टीले एउटै चुनाव चिन्अ नपाएको खण्डमा स्वतन्त्र रुपमा भए पनि स्थानीय तहको निर्वाचनमा सहभागिता जनाउने गरी माओवादीले गृहकार्य अगाडि बढाएको हो । यो खबर आजको राजधानी दैनिकमा रहेको छ ।