June 24, 2017

सँविधान संशोधन निर्वाचन पछि पनि हुनसक्छ : रामचन्द्र पौडेल

काठमाण्डौ ८ फाल्गुन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले  सँविधान सँशोधन निर्वाचनपछि पनि गर्न सकिने बताएका छन् ।

युरोपस्थित नेपाली जनसम्पर्क समितिमा बिभिन्न कार्यक्रममा सहभागि भएर स्वदेश फर्कने क्रममा आईतबार त्रिभुवन बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दे उनले चुनाव पछि पनि संविधान संसोधन गर्न सकिने प्रष्ट पारे ।

उनले संसोधन प्रक्रिया संसदमा प्रवेश भइसकेका कारण शंका गर्नु नपर्ने बताए । पौडेलले मुलुकलाई निकास दिनका लागी निर्वाचनकाे बिकल्प नभएको प्रष्ट पारे ।
निर्वाचन पछि नै संविधान कार्यान्वय हुने र मुलुकको विकास हुने  पौडेलको भनाई थियो ।