August 22, 2017

निर्वाचनको मिति चाँडै घोषणा हुन्छ–प्रधानमन्त्री

पाँचथर ४ फाल्गुण । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनको मिति चाँडै घोषणा हुने बताएका छन् ।

पाँचथरस्थित ‘हेवा ए’ जलविद्युत आयोजनाको उद्घाटन गर्दै प्रचण्डले मंगलबार र बुधबार बिहान बसेको मुख्य दलका शीर्ष नेताहरु भएको बैठकले निर्वाचनको मिति चाँडै घोषणा गर्ने सहमति भएको बताएका छन् ।

मधेशवादी दलहरुसँग सहमति कायम गर्नमात्र केही दिनको समय राखेको उनको भनाइ छ । प्रधानमन्त्री दाहालले निर्वाचनको तयारीमा जुट्न राजनीतिक दलका नेता तथा सरकारी कर्मचारीहरूलाई आग्रह गरेका छन् ।

कार्यक्रममा एमालेका नेता तथा पूर्व सभाभुख सुवासचन्द्र नेम्वाङले तत्काल निर्वाचनको मिति तोक्न आग्रह गरेका थिए ।