निर्वाचनको मिति घोषणा प्रति सद्भावना पार्टीको विरोध

काठमाण्डौ, ११ फाल्गुन । नेपाल सद्भावना पार्टीले संविधान संशोधन नगरी स्थानीय तह निर्वाचनको मिति घोषणा गरिएको भन्दै विरोध व्यक्त गरेको छ ।

बुधबार काठमाडौमा पत्रकार सम्मेलन गर्दे पार्टी अध्यक्ष अनिलकुमार झाले संविधान संशोधन नगरी यथास्थितिमा संविधान कार्यान्वयनका लागि घोषणा गरिएको स्थानीय तहको निर्वाचन जनताको चाहाना विपरीत रहेको आरोप लगाएका छन् ।

सरकारले देशको शोषित, पीडित उपेक्षित जनताको भवना चाहाना र अपेक्षामाथि कुठाराघात गर्दै एकल जातीय एवम् वर्गीय स्वार्थबाट प्रेरित भएर स्थानीय तह निर्वाचनको मिति घोषणा गरिको उनको आरोप छ ।