निर्वाचनको तयारी बारे प्रधानमन्त्रीले आज छलफल गर्दै

काठमाण्डौ, १७ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहालले आज निर्वाचन अयोगका आयुक्तहरुसँग भेट गर्दै छन् ।

चीन भ्रमणबाट फर्किएको दोस्रो दिन प्रधानमन्त्री दाहालले निर्वाचन आयोगको तयारी र अफ्ठ्याराहरुबारे जानकारी लिन आयुक्तहरुसँग छलफल गर्न लागेका हुन् ।

दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुने छलफलमा आयुक्तहरुले आयोगको तयारीबारे प्रधानमन्त्रीलाई जानकारी गराउनेछन् ।

आयोगले मधेशी मोर्चाको अवरोधका कारण प्रदेश नम्बर २ मा निर्वाचन केन्द्र तोक्न सकेको छैन ।