October 24, 2017

निर्वाचनका लागि चीन सरकारकाे सहयोग हस्तान्तरण

काठमाण्डौ, ४ वैशाख । स्थानीय तह निर्वाचनका लागि चीनले विभिन्न ११ प्रकारका निर्वाचन सामाग्री निर्वाचन आयोगलाई हस्तान्तरण गरेको छ ।

निर्वाचन आयोगको तर्फबाट सचिव गोपीनाथ मैनालीलाई नेपालका लागि चिनियाँ राजदुत यु होङले १४ करोड ४० लाख बराबरको निर्वाचन सामाग्री हस्तान्तरण गरेका हुन् । आयोगले निर्वाचनका लागि आवश्यक पर्ने ६४ प्रकारको सामग्री मध्ये ११ प्रकारका सामग्री चीन सरकारले उपलब्ध गराएको हो ।

कार्यक्रममा निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि उक्त सामग्री महत्वपूर्ण हुने प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले बताए ।

चीन सरकारले उपलब्ध गराएका सामग्रीहरुमा मतदानका लागि आवश्यक पर्ने जेलपेन स्टाम्प, पञ्चिङ मेसिन, टेबल घडी, स्केल लगायतका सामग्री छन् ।