October 22, 2017

निर्माता आकाश अधिकारीले स्कूललाई भवन बनाईदिए

काठमाण्डौ, १४ चैत्र । चलचित्र निर्देशक, निर्माता तथा कलाकार आकाश अधिकारीले नुवाकोटको थानसिङ्गमा विद्यालय भवन निर्माण गरि हस्तान्तरण गरेका छन् ।

विनासकारी भूकम्पपछि पूर्णरुपमा क्षति भएको श्री बोर्लाङ्ग भूमे निम्न माध्यमिक विद्यालयमा तीन कोठा भवन निर्माण गरि हस्तान्तरण गरेका हुन् । अधिकारीले ‘आशाको ज्योती नेपाल’ नामक संस्थाको सहकार्यमा उक्त भवन निर्माण गरेका हुन् ।

कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक, व्यवस्थापन समितीका अध्यक्ष, विभिन्न राजनीतिक दलका नेताहरुले आकाश र ‘आशाको ज्योती नेपाल’ नामक संस्थालाई धन्यवाद ज्ञापन गरेका थिए ।  भवन निर्माणपछि अधिकारीले आफू सधै नै समाजसेवामा यसरि नै अग्रसर हुने बताएका छन् ।