October 19, 2017

नियमित सेक्स सही या गलत ?

काठमाण्डौ, २८ फाल्गुन । सेक्सलाई लिएर हाम्रो मनमा अनेकौं द्विविधा उत्पन्न हुने गर्दछ । विशेषगरी सेक्स नियमित गर्न हुन्छ कि हुँदैन, यसको फाईदा र नोक्सान के के छ आदि इत्यादिमा हामी अल्झिने गर्दछौं ।

यो सवालबाट यो जान्न जरुरी हुन्छ कि सेक्स पनि एउटा शारीरिक क्रिया हो । यो कार्यमा तपाईको शरीर थाक्दछ । यो एउटा कसरत जस्तै हो । यदि हामी जरुरतभन्दा बढी कसरत गर्छौं भने थाक्दछौं । तर कसरत नियमित रुपमा गर्न पनि जरुरी हुन्छ ।

आउनुहोस् नियमित सेक्सका फाईदा र नोक्सानका बारेमा हाम्रा मनमा रहेका भ्रमलाई चिर्ने प्रयास गरौं ।

नियमित सेक्सका नोक्सानहरु–

हर्माेन सम्बन्धी समस्या हुने खतरा
धेरै मात्रामा थाकिन्छ
मूत्र मार्ग, यौनाङ्ग संक्रमण हुने सम्भावना
गुप्ताङ्गमा पीडा
व्यक्तित्वमा असन्तुलन

अब यो पनि जान्न जरुरी छ कि नियमित सेक्सका फाईदाहरु के के छन् त–

तनाव कम गर्छ
असरदार कसरत हुन्छ
प्रतिरक्षा प्रणाली बलियो बनाउँछ
रक्तचाप नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्छ
मुटुलाई तन्दुरुस्त राख्छ
प्राकृतिक पेन किलरको रुपमा काम गर्छ
प्रोस्टेट क्यान्सरको सम्भावना कम हुन्छ
राम्रो निद्राको कारक
सम्बन्धमा नजिकपना ल्याउन मद्दत गर्दछ
महिनावारीको बेला हुने पीडाबाट आराम मिल्छ
आत्मविश्वास बढाउँछ

नियमित सेक्सको फाईदा र नोक्सानबाट जानिसकेपछि यो जान्न जरुरी छ कि सेक्स भन्नाले शारीरिक समागम मात्र होइन । प्रतिदिन शारीरिक समागमको सट्टा विभिन्न किसिमका सेक्सजन्य क्रियाकलापमा सहभागि हुन सकिन्छ । यदि आफ्नो पार्टनर सेक्समा इच्छुक छैन भने त्यसमा जोड दिन उपयुक्त हुँदैन ।