September 25, 2017

निधीलाई राैतहटमा कालोमोसो

अभिमनु कुमार पटेल

रौतहट २३ फाल्गुन । सप्तरी घटनाको विरोधमा मंगलबार बेलुका मोर्चाका कार्यकर्ताहरुले  रौतहटको सदरमुकाम गौरको मधेशी क्रान्ति चोकमा टायर बालेर प्रदर्शन गरेका छन ।

प्रदर्शनका क्रममा  चिया पसलमा बसिरहेका एमाले निकट नेपाल शिक्षक संगठन रौतहटका अध्यक्ष मनिशंकर निधीलाई माेर्चाका कार्यकर्ताहरुले कालो मोसो दलेर दर्व्यवहार गरेका छन ।
उनलाई  मोर्चाका युवा नेता श्यामविहारी यादव, प्रकाश भाई, ललन यादव, ओमप्रकाश साह, धर्मेन्द्र यादव लगायतले कालोमोसो दलेका हुन ।

एमालेको मेची महाकाली अभियान अन्तर्गत  फाल्गुन २६ गत रौतहटको गौरमा हुन गईरहेको कार्यक्रम सफल हुन नदिने भन्दै माेर्चाका कार्यकर्ताले विरोध गरिरहेका छन् ।

मोर्चाकाे अवराेधका कारण राैतहटमा एमालेले मेची महाकाली अभियानकाे प्रचार प्रसार गर्न पाएका छैनन् ।