September 23, 2017

नारी दिवस विशेषः पार्टनरलाई यसरी गराउनुहोस् विशेष महसुस

काठमाण्डौ, २५ फाल्गुन । तपाई जुनसुकै दिन पनि आफ्नो पार्टनरलाई विशेष महसुस गराउन सक्नुहुन्छ ।

तर आज अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा तपाई आफ्नो पार्टनरलाई कति महत्व दिनुहुन्छ भनेर महसुस गराउनुहोस् ।

१. किनमेलमा लैजानुहोस्
पार्टनरलाई आजको दिन विशेष बनाउनको लागि किनमेलमा लैजानुहोस् । यति मात्र होइन उसलाई मन लागुन्जेल किनमेल गर्न दिनुहोस् र किनमेलको ब्याग पनि आँफैं लिनुहोस् ।

२. अफिसमा पनि खाली समयमा आफ्नो पार्टनरलाई फोन गरेर मीठामीठा कुरा गर्नुहोस् । जसले गर्दा तपाईलाई आनन्द र पार्टनर पनि खुशी हुन्छिन् ।

 

३. खाना आँफैं बनाउनुहोस्

आजको दिन डिनरको लागि पार्टनरलाई बाहिर लैजानुहोस् । अझ आज बिदा छ भने आफ्नै हातले उसलाई मनपर्ने खाना बनाउनुहोस् ।

४. यदि आफ्नो पार्टनरको लागि केही पनि चीज किन्ने मौका पाउनु भएन भने अफिसबाट फर्किदा चकलेट लैजान सक्नुहुन्छ ।

५. पार्टनरको लगि कार्ड बनाउनुहोस् र त्यसमा यस्तो कुरा लेख्नुहोस् कि उनले पनि थाहा पाउनेछिन् कि ऊ तपाईको जीवनमा कत्तिको महत्वपूर्ण हुनुहुन्छ भनेर ।