March 26, 2017

नारीवादी लेखक तसलिमा नसरीन काठमाण्डौमा

काठमाण्डौ, ७ चैत्र । बंगलादेशी लेखिका तसलिमा नसरीन नेपाल भ्रमणमा आएकी छिन् ।

साउथ एसियन उमन डेभलपमेन्ट फोरमको निमन्त्रणमा उनी आईतबार अपरान्ह काठमाडौं आइपुगेकी हुन् । फोरमले काठमाण्डौमा हुन लागेको कार्यक्रमको उनी प्रमुख वक्ता हुन् ।

अन्नपूर्ण होटलमा बसेकी नसरीनलाइ प्रहरीले ब्यापक सुरक्षा दिएको छ । अयोजकले उनलाई सुरक्षाको व्यावस्था गरिदिन आग्रह गरेपछि प्रहरी निरीक्षकको कमाण्डमा उनलाई सुरक्षा दिइएको काठमाण्डौ प्रहरी परिसरका एसपी प्रद्युम्नकुमार कार्कीले बताएका छन् ।

सन् १९६२ मा बंगलादेशमा जन्मिएकी नसरीनले सन् १९९५ देखि निर्वासित जीवन विताइरहेकी छिन् ।

उनका नारीवादी उपन्यासले इस्लाम धर्म र धर्मग्रन्थ कुरानको निन्दा गरेको भन्दै बंगलादेशमा ब्यापक बिरोध भएपछि उनलाई सरकारले देश निकाला गरेको थियो । सुरुमा भारतमा निर्वासित जीवन विताएकी नसरीन हाल स्वीडेनको राष्ट्रियता ग्रहण गरि स्वीडेनमै बसोबास गर्दै आउकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *