October 24, 2017

नारायणी उप–क्षेत्रिय अस्पतालमा हेल्प डेस्क सञ्चालन हुदा सर्वसाधारण खुसी

राम कुशवाहा
२४ माघ, वीरगन्ज । वीरगन्जको नारायणी उप–क्षेत्रिय अस्पतालमा नागरिक सहायता कक्ष ‘हेल्प डेस्क’ सञ्चालमा आएपछि सर्वसाधारण खुसी भएका छन् ।
बिगत ६ महिना देखी संचालनमा रहेको हेल्प डेस्कले अस्पतालमा आउने गरिब र असहाय बिरामीहरुको हेरचार लत्ताकपडा वितरण तथा आर्थिक सहयोग गर्दै आएको छ ।
अस्पतालमा रहेको उपकरणहरुलाई मर्मत गर्न सचेत गराउने देखी लिएर डाक्टरहरुको उपस्थितिमा समेत निगरानी गर्दै आएको हेल्प डेस्कका संयोजक ओम प्रकाश सर्राफले बताए ।
हेल्प डेस्क संचालन भए देखी अहिले सम्म अस्पतालको बिकाशका लागि बृहत जनचेतना सहित मानव संगालो प्रर्दशन गरि सकेको छ । अभियानले अस्पताल परिसरमा बृक्षारोपण, पटक–पटक सरसफाई कार्यक्रम र राजनीतिक दल तथा नागरिक समाज बिच अन्तरक्रिया गरेको छ ।
यस अभियानले स्वास्थ्य मन्त्री गगन थापालाई भेटेर १५ बुंदे ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्र बुझ्दै मन्त्री थापाले नारायणी उपक्षेत्रिय अस्पतालको बिकासमा आफु गम्भिरतापुर्वक लागेको बताए ।

छिटै अपुग दरवन्दीमा पद पुर्ति गरिने र अस्पतालको बिकास द्रुत गतिमा अगाडि बढ्ने बताउदै मन्त्री थापाले केही महिनामै अस्पतालमा परिर्वतन आउने प्रतिवद्धता व्यक्त गरे ।
मन्त्री थापाले अस्पतालको भौतिक पुर्वाधार लगायत वृहत विकास एवं सुधारको लागि अस्पताल बिकास समितीमा गैर राजनीतिक र समाजसेवीलाई समितिमा राखिने प्रतिवद्धता जनाए ।
त्यस्तै अभियानमा आवद्ध लालबाबु सिंहले बिरामीहरुलाई डाक्टरले लेखेको कुन औषधी फ्रि छ, कहाँ भिडियो एक्सरे गराउने, ल्याब कहाँ छ, एक्सरे कहाँ हुन्छ, त्यस्को बारेमा सर्वसाधारणलाई जानकारी गराउदै आएको बताउछन् ।
हेल्प डेक्समा संग्लन सानो पाईलाकी सुजिता ताम्राकारले भनिन बिरामीहरु कुनै सेवा सुविधाबाट बन्चित नहोस भन्ने उद्देश्यले हामी हेल्प डेस्क बाट बिहान १० बजे देखी १ बजे सम्म सहयोग गर्दै आएका छौ ।
नारायणी उप–क्षेत्रिय अस्पताल बिकाश सहयोग अभियान द्धारा संचालित हेल्प डेस्क नागरिक सहायता केन्द्र संचालन पछि अहिले यस क्षेत्रका गरिब, असहाय, आर्थिक अवस्था कमजोर भएका बिरामीहरुले राम्रो उपचार पाएका छन् ।