नामको हत्यामा ‘भि एक्स’ रसाएन प्रयोग 

काठमाण्डौ १६ फाल्गुन । उत्तर कोरियाली शासक किम जोङका सौतेला भाई किम जोङ नोमको हत्यामा अत्यन्त बिषाक्त रसायन ‘भि एक्स’ प्रयोग भएको पुष्टि भएको छ ।

मलेशियन स्वास्थ्य मन्त्री सुब्रमनियम सथासिभमले रसायन छरिएको पन्ध्र देखि बिस मिनेट भित्र दुखाइका कारण किमको निधन भएको जानकारी दिए ।

दुई हप्ता अघि मलेशियाको क्वालालम्पुर बिमानस्थलमा दुई महिलाले विषाक्त रसायन प्रयोग गरी किमको हत्या गरेका थिए । अधिकारीहरुले आक्रमण हो वा उनीहरु आपसमा जिस्किएका हुन भन्नेबारे आफूहरु समेत अन्यौलमा परेको बताएका छन ।

संयुक्त राष्ट्रसंघले भि एक्स नामक सो रसायनलाई ठूलो नरसंहार गर्ने हतियारका रुपमा बर्गिकृत गरेको छ । यसको एक थोपा पनि मानिसको छालामा परे उसको एक मिनेटभित्रै मृत्यु हुने गर्दछ ।