September 26, 2017

नागार्जुन नगरपालिकामा को को छन मेयरका उम्मेदवार ?

काठमाण्डौ ८ बैशाख । काठमाण्डौको नागार्जुन नगरपालिकामा मेयर र उपमेयर पदको लागि प्रमुख दलहरुबाट उम्मेदवारका नाम चर्चामा आएका छन ।
नेकपा एमालेको तर्फबाट मेयरमा प्रकाश श्रेष्ठ,सानुराजा पुरी, नन्दनहरि गौतम र केशव पोखरेलको नाम चर्चामा छन भने भने उपमेयरमा सानुमायाँ खड्का, सुशीला खत्रीको नाम चर्चामा रहेको छ ।
नेपाली कांग्रेसका तर्फबाट मेयरमा मोहन बहादुर बस्नेत, केदार मानन्धर, धर्मराज गौतम मध्ये एक जनाले टिकट पाउने संभावना छ भने उपमेयरमा सरस्वती भट्ट, कल्याणी खड्का र सीता श्रेष्ठको चर्चा छ ।
नेकपा माओवादी केन्द्रले मेयरमा कुमार लामा र उपमेयरमा सलिना भुजेल लाई उम्मेदवार घोषण गरिसकेको छ । राप्रपाले उद्धव थापा, ध्रुव खनाल मध्ये एक जनालाई मेयरको उम्मेदवार बनाउने मिरा कुवँर लाई उपमेयर उम्मेदवार बनाउने भएको छ ।