November 18, 2017

नागरिक र प्रहरीबीच समन्वय हुनु जरुरी– प्रहरी महानिरीक्षक

२५ माघ, सुर्खेत । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले शान्ति सुरक्षा कायम गर्न नागरिक र प्रहरीबीच समन्वय हुनु जरुरी रहेको बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतको नवनिर्मित भवनको उद्घाटन गदै महानिरीक्षक अर्यालले प्रहरीको एक्लो प्रयासवाट मात्र शान्ति सुरक्षा कायम गर्न नसकिने बताए । उनले विज्ञान र प्रविधिको विकासले नयाँ खालका अपराधिक घटना बढेको भन्दै त्यसलाई नियन्त्रण गर्न प्रहरीको आधुनिकीकरण आवश्यक रहेकोे बताएका छन् ।

कार्यक्रममा मध्यपश्चिमका प्रहरी प्रमुख डिआईजी माधवप्रसाद नेपालले समय र परिस्थिति अनुसार प्रहरी सेवालाई चुस्त र प्रभावकारी बनाउनु पर्ने बताए ।

३ करोड ७४ लाख रुपैयाको लागतमा जिल्ला प्रहरी कार्यालय सुर्खेतको कार्यालय भवन र हिरासत ब्लक निर्माण भएको हो । आधुनिक सुविधा सम्पन्न भवन निर्माण भएसँगै सुर्खेत प्रहरीलाई निकै सजिलो भएको छ ।