October 24, 2017

नाइजेरियाली सेनाले ५ सय ९३ लाई बोको हरामको कब्जाबाट छुटायो

काठमाण्डौ, २९ चैत्र । नाइजेरियाको सेनाले सोमबार ५ सय ९३ जना मानिसलाई इस्लामी आतंकवादी समूह बोको हरामको सम्बन्धबाट छुटाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

ती सेनाहरुले बोको हरामको विरुद्ध लडेको लडाईंमा हजारौं मानिसहरुलाई गिरफ्तार गरेका छन् । बोको हरामको उद्देश्य नाइजेरियामा इस्लामिक राज्य स्थापना गर्नु हो ।

बोको हरामले विद्रोह गरी २० हजारभन्दा बढि मानिसहरुलाई मारिसकेको छ भने २० लाखभन्दा बढि मानिसहरुलाई घर छोडेर अन्यत्रै जान वाध्य गराएका छन् ।