August 24, 2017

नाइजेरियामा राजेश पायल राईकाे साँगितिक प्रस्तुती

नाइजेरिया २० चैत्र । नेपाली नयाँ बर्षको उपलक्ष्यमा लोकप्रिय गायक राजेश पायल राईले एनआरएनए नाइजेरियाको आयोजनामा राजधानी लेगोसमा आयोजित कार्यक्रममा नेपालीहरुबीच भब्य प्रस्तुती गरेका छन ।

उनले आफ्ना लोकप्रिय गीतहरु गाएर नाइजेरियास्थित प्रवासी नेपालीहरु लाई झन्डै तीन घन्टा मन्त्रमुग्ध पारेका थिए ।राईले आफुले प्रथम पटक अफ्रिका महादेशमा आफ्नो प्रस्तुती दिन पाएकोमा एनआरएनए र अफ्रिकाका नेपालिहरुप्रती आभार ब्यक्त गरे ।

कार्यक्रममा लेगोस स्थित अमेरिकी नियोगका कन्सुलर ब्रेन्ट इ ओमडहीले यो कार्यक्रमले  अाफुलाई नेपाल र नेपाली संगीत मन परेकाे बताउदै अवसर अाएमा नेपाल अवश्य जाने बताए ।

त्यसै गरि कार्यक्रममा स्वागत गर्दै एनआरएनएका अन्तरास्ट्रिय समितिका कोषाध्यक्ष हिक्मत थापाले नेपाली सँस्कृतीलाई एनआरएनहरुले बिश्वका हरेक कुनाहरुमा फैलाइरहेको र अफ्रिकामा पनि यो क्रमले गति लिन थालेकोमा खुशी ब्यक्त गरे ।

त्यसैगरी स्थनिय नाइजेरियन कलाकारहरुले आफ्नो गीत र नृत्य प्रस्तुत गरेका थिए भने स्थानिय नेपालीका तर्फ बाट अन्जु पौडेल र सुहिम थापाले आफ्ना गीत  प्रस्तुत गरेका थिए ।