October 17, 2017

नवलपरासीमा ५० हजार कार्यकर्ता उतार्दै एमाले

विद्रोही गिरी

नवलपरासी, २६ फाल्गुन । मेची–महाकाली अभियानको क्रममा एमालेले नवलपरासीको कावासोतीमा ५० हजार कार्यकर्ता उतार्ने भएको छ ।

कावासोतीमा फागुन २८ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने आम सभामा उक्त संख्यामा कार्यकर्ताहरु उतार्न लागिएको एमालेका केन्दीय सदस्य तिलक महतले जनाकारी दिनु भयो ।

फाल्गुन २१ गते देखि १ सय ५० जना एमालेका केन्द्रीय र प्रादेसिक नेताहरु नवलपुरको घरदैलोमा खटिएका छन् । घर दैलोको अनुगमनमा एमाले स्थायी कमिटिका सदस्य एवं प्रदेश नं. ४ का संयोजक किरण गुरुङ्गले गरिरहेका छन् ।
कावासोतीको थाना अगाडिको रहेकोे खुल्ला चौर हुने आम सभामा गैंडाकोट देखि दाउन्ने सम्मका कार्यकर्ताहरु आउने छन् ।

त्यसको ब्यवस्थापनमा एक हजार स्वयमसेवक परिचालन गरिएको एमालेसंयोजक नवलपरासी रोशनबहादुर गाहाले बताए ।

घर दैलोमा एमालेको नीति, कार्यक्रम, संविधानको कार्यान्वयन , चुनावको अवस्था, तराई मधेशमा एमाले बिरुद्ध फैलिएका भ्रम चिर्न एमालेले आमसभा गर्न थालेको हो ।

अभियानको क्रममा गैडाकोट देखि दाउन्ने सम्म १० हजार झण्डा बिजुलीको पोलमा राखिएको प्रचार प्रसार उप–समितिका संयोजक यमुनाथ आचार्यले बताईन ।