नवलपरासीका चार वटै गाउँपालिकामा कांग्रेस विजयी

काठमाडौं ३ जेठ । नवलपरासीमा पहिलो चरणको निर्वाचन अन्तर्गत सबै ४ वटा गाउँपालिकामा कांग्रेसले कब्जा जमाएको छ । त्यहाँको बुंलिटार, हुप्सेकोट, बुंदिकाली र वीनयी त्रिवेणी गाउँपालिकामा कांग्रेस बिजयी भएको छ ।

बुलिंटारमा नेपाली कांग्रेसबाट गाउँपालिका प्रमुखका उम्मेदवार शशिकिरण बस्ताकोटी ४७०८ मत ल्याएर बिजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेका पत्रकार विद्रोही गिरीले २५५० मत प्राप्त गरेका छन् ।

हुप्सेकोट गाउँपालिका प्रमुखमा कांग्रेसकी लक्ष्मी पाण्डे बिजयी भएकी छन् । लक्ष्मी पाण्डेले ४५९२ र उनका प्रतिस्पर्धी एमालेका मेघ बहादुरले ४३५८ मत ल्याएका छन् ।