October 22, 2017

नवनियुक्त भारतीय राजदूत मन्जिवसिंह पुरी आज नेपाल आउँदै

काठमाण्डौ, ११ चैत्र । नवनियुक्त भारतीय राजदूत मन्जिवसिंह पुरी आज नेपाल आउँदै छन् ।

राजदूत रन्जीत रे को कार्यकाल सकिएपछि भारत सकारले पुरीलाई नियुक्त गरेको हो । रे एक महिना अघिनै स्वदेश फर्किसकेका छन् ।

भारतले लगभग एक महिना अघिनै मन्जिवसिंहलाई राजदूतको रुपमा नियुक्त गरेको पत्र नेपाललाई पठाएको थियो । नेपालको तर्फबाट उनको नाम अनुमोदन भएपछि उनी नेपाल आउन लागेका हुन् ।

आउँदो सोमवारदेखि राजदूतको जिम्मेवारी निर्वाह गर्ने गरि उनी आज नेपाल आउन लागेको बताइएको छ ।