August 16, 2017

नवजागृति क्लब विशाल मेमोरियल कपको सेमिफाइनलमा प्रवेश

काठमाण्डौ, ११ वैशाख । आयोजक वीरगञ्ज युनाइटेडलाई हराउँदै नवजागृति क्लब पर्सामा जारी विशाल मेमोरियल कपको सेमिफाइनल प्रवेश गरेको छ ।

नारायणी रंगशालमा आज भएको खेलमा वीरगञ्ज युनाइटेडलाई ४–० गोल अन्तरले हराउँदै नवजागृति सेमिफाइनलमा प्रवेश गरेको हो । नवजागृतिले भारतको राजमिल्क पटनासँग खेल्ने तय भए पनि उक्त टोली नआएकाले वीरगञ्जले दोस्रो खेल खेलेको हो । खेल अवधिभर हाबी भएको नवजागृतिले ३७ औं मिनेटमा पहिलो र दोस्रो हाफको ६८, ७४ र ७६ औं मिनेटमा गोल गरेको थियो ।

प्रतियोगिता अन्तर्गत भोलि विभागीय टिम त्रिभुवन आर्मी र हिमाल शेर्पाबीच खेल हुनेछ । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।