नर्वे संसारकै सबैभन्दा खुशी राष्ट्र, नेपाल १ सय ७ औं स्थानमा

काठमाण्डौ, ७ चैत्र । युनाइटेड नेसन्स एजेन्सी रिपोर्टका अनुसार नर्वे  सबैभन्दा खुशी राष्ट्र हो ।

गतवर्ष १ नम्बरमा रहेको डेनमार्कलाई पछि पार्दै नर्वे प्रथम बनेको हो । कुन देशका मानिसहरु कसरी र कस्तो जीवनशैली अपनाउँछन् यसका आधारमा मापन गरिन्छ ।

डेनमार्क, आइसल्याण्ड, स्वीजरल्याण्ड, र फिनल्याण्ड उत्कृष्ट ५ मा अटाएका छन् । जबकि सेन्ट्रल अफ्रिकन रिपब्लिक यो सूचिको अन्तिममा परेकाे छ ।

यो सूचिमा पश्चिमी यूरोप र उत्तर अमेरिकी राष्ट्रहरुले उत्कृष्टमा अधिपत्य जमाएका छन् । संयुक्त राज्य अमेरिका र संयुक्त अधिराज्य बेलायत क्रमशः १४ औं र १९ औं स्थानमा छन् ।

उप–सहाराका अफ्रिकी राष्ट्रहरु यो सूचिको पुछारमा परेका छन् । आन्तरिक द्वन्द र विवादले गर्दा यस्तो भएको रिपोर्टले बताएको छ ।

१ सय ५५ राष्ट्रहरुको सूचिमा सिरिया १ सय ५२ औं स्थानमा छ । त्यस्तै यमन र दक्षिणी सुडान क्रमशः १ सय ४६ र १ सय ४७ नम्बरमा छन् ।

त्यस्तै नेपाल यो सूचिको १ सय ७ नम्बरमा परेको छ ।

द वोल्र्ड ह्याप्पीनेस रिपाेर्ट संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय खुशीको दिन अर्थात् मार्च २२ मा प्रस्तुत गरिन्छ ।