October 22, 2017

नयाँ संशोधन प्रस्तावको विरोधमा संघीय गठबन्धनको आन्दोलनको घोषणा

काठमाण्डौ, २ वैशाख । संघीय गठबन्धनमा आबद्ध दलले संसदमा दर्ता गराएको संविधान संशोधनको नयाँ प्रस्ताव अस्वीकार गर्दै कडा आन्दोलन गर्ने तयारी गरेको छ ।

फोरम नेपालको कार्यालय तीनकुनेमा बसेको गठबन्धनको बैठकले प्रर्दशन, धर्ना लगायतका आन्दोलनका कार्यक्रम तयार गरेको हो । आन्दोलनका कार्यक्रमको आईतबार आन्तिम स्वरुप दिई सार्वजनिक गरिने गठबन्धनका प्रवक्ता डाक्टर ओम गुरुङले जानकारी दिए ।

नयाँ संशोधन प्रस्तावको विरोधमा संघीय गठबन्धन आवद्ध मधेशी मोर्चाले यसअघि नै आन्दोलनको घोषणा गरिसकेको छ । गठबन्धनको बैठकले सरकारले ल्याएको नयाँ संशोधन प्रस्तावले पनि आफूहरुको माग सम्बोधन नभएको भन्दै माग पुरा गराउनका लागि सशक्त आन्दोलन गरिने गुरुङले बताए ।

सरकारले संविधान संशोधनको नयाँ प्रस्ताव संसदमा दर्ता गरेपनि त्यसले आफ्नो माग पूरा नभएको भन्दै गठबन्धनले थप आन्दोलनका कार्यक्रम तय गर्ने तयारी गरेको हो ।