October 24, 2017

नयाँ शक्ति र अन्य ६४ दलहरु द्धारा आज पनि निर्वाचन आयोगमा धर्ना

काठमाण्डौ, २१ चैत्र । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई संयोजकत्वको नयाँ शक्ति पार्टी र अन्य ६४ दलले सोमबार पनि निर्वाचन आयोगको कार्यालय अगाडि धर्ना दिएका छन् ।

नयाँ शक्ति सहितको गठबन्धनले आइतबार आफ्ना नेता माथि भएको दुव्र्यवहारको भ्रत्सना गर्दै सोमबार निर्वाचन आयोगको कार्यालय अगाडि धर्ना बसेका हुन् । नयाँ शक्ति सहितको गठबन्धनले देशभर विभिन्न स्थानमा रहेका निर्वाचन कार्यालय बाहिर धर्ना दिन आफ्ना कार्यकर्तालाई आह्वान गरेको छ ।

स्थानिय तह निर्वाचन ऐन २०७३ ले संसदमा प्रतिनिधित्व गर्ने पार्टीलाई मात्रै चुनाव चिन्ह दिने र संसदमा रहेका अन्य साना तथा नयाँ पार्टीहरुलाई स्वतन्त्र पार्टीको हैसियतमा चुनाव चिन्ह दिने व्यवस्था संशोधनको माग गर्दै नयांँ शक्ति सहितको गठबन्धन सडकमा उत्रिएको हो ।

निर्वाचन आयोग घेराउको क्रममा प्रहरीले नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई सहित ५० भन्दा बढी नेतालाई गिरफ्तार गरि आइतबार साँझ रिहा गरेको थियो ।

निर्वाचन आयोग र विभिन्न स्थानमा चुनावकै विषयलाई लिएर धर्ना, विरोध प्रदर्शन लगायतका कार्यक्रमहरु बढ्दै गएपछि स्थानीय निकायले निर्वाचन आयोग वरपर, उप–राष्ट्रपति निवास लगायतका स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।