August 17, 2017

नयाँ शक्ति पार्टीको राष्ट्रिय अभियानको तयारी पुरा

काठमाण्डौ, ८ चैत्र । नयाँ शक्ति पार्टीको बुधबारबाट सुरु हुने हिमाल ‘हिमाल, पहाड, तराई, मधेश, थरुहट एकता राष्ट्रिय अभियान २०७३’को सम्पुर्ण तयारी पुरा भएको छ ।

‘हिमाल, पहाड र तराई/मधेशलाई भावनात्मक रुपमा जोड्न र असन्तुष्ट पक्षहरुलाई सहमतिमा ल्याइ संविधान संशोधनमार्फत तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्ने र निर्वाचनको वातावरण बनाउन दवाव दिने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएकाे नयाँशक्ति पार्टीले जनाएकाे छ ।

भाेलीबाट सुरु हुने कार्यक्रममा ९ गते सुनसरीको इनरुवामा र लहानमा सभा हुनेछ । त्यस्तै १० गते १२ बजे महोत्तरीको बर्दिबासमा र ४ बजे रौतहटको निगाहापुरमा सभा गर्ने जनाएको छ । ११ गते भैरहवा र १२ गते कोहलपुरमा र  १३ गतेधनगढीमा सभा गर्ने नयाँ शक्तिले जनाएको छ ।