October 23, 2017

नयाँ शक्ति असन्तुष्ट पक्षलाई मिलाएर लैजाने पार्टी हो–डा.भट्टराई

काठमाण्डौ, १५ चैत्र । नयाँ शक्ति पार्टी  नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले मुलुकमा संविधान जारी भएको लामो समयसम्म पनि संवैधानिक व्यवस्था लागू  हुन नसकेको बताएका छन् ।

मंगलबारबाट काठमाडौमा सुरु भएको नयाँ शक्ति पार्टी  नेपालको अन्तरिम केन्द्रीय परिषद्को बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नयाँ शक्ति असन्तुष्ट पक्षलाई मिलाएर लैजाने विकल्पको रुपमा अघि आउने बताए ।

अहिले पनि विभिन्न पक्षहरु संविधानलाई लिएर असन्तुष्ट रहेको भन्दै यसलाई मिलाउँदै आगामी ०७४ माघ भित्र निर्वाचन गर्नुपर्ने उल्लेख गरे ।

बैठक आज र भोलि दुई दिन चल्नेछ । परिषद् बैठकले देशको पछिल्लो राजनीतिक परिस्थितिको समीक्षा गर्दै पार्टीले अवलम्बन गर्ने नीति तथा कार्ययोजनाको सन्दर्भमा निश्चित योजना निर्माण गर्नेछ । साथै बैठकमा आसन्न निर्वाचनको बारेमा पनि छलफल हुनेछ ।

उक्त बैठकमा नयाँ शक्तिको निर्वाचन केन्द्रित रणनीतिक कार्ययोजनाको विषयमा पनि  विस्तृत छलफल हुनेछ ।