August 16, 2017

नयाँ शक्तिबाट ४ केन्द्रीय परिषद सदस्य निष्कासित

काठमाण्डौ, १४ चैत्र । नयाँ शक्ति नेपालले ४ जना केन्द्रीय परिषद् सदस्यहरुलाई पार्टीबाट निष्कासित गरेको छ ।

सोमबार बसेको नयाँ शक्ति पार्टी नेपालको विशेष राजनीतिक समिति बैठले केन्द्रीय परिषद् सदस्यहरु निर्मल भट्टराई, चन्द्रदेव ओझा, हरिराम रिमाल र मोहन बमलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ ।

पार्टी हित र स्वीकृत मूल्य–मान्यता विपरित गतिविधिमा निरन्तर संलग्न भै गम्भीर गल्ती गरेको र पार्टीले सोधेको स्पष्टीकरण समेत दिन इन्कार गरेकाले उनीहरुलाई निष्कासन गरिएको प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिए ।