October 21, 2017

नयाँ शक्तिको जनमत संकलन: ८३ प्रतिशत प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा

काठमाडौं, ५ फाल्गुन । नयाँ शक्ति पार्टी, नेपालले ट्वीटरमार्फत संकलन गरेको जनमतमा ८३ प्रतिशत ट्वीटर प्रयोगकर्ताहरुले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा मत दिएको जनाएको छ ।

नयाँशक्ति पार्टीका अनुसार एक हप्ताको समयमा गरिएको नमूना जनमत संकलनमा १५६९ जनाले भाग लिएकोमा ८३ प्रतिशतले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा मत दिएका हुन् । १७ प्रतिशतले आफू विपक्षमा भएको बताएका छन् ।

नयाँ शक्ति पार्टी, नेपालले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा एक महिने हस्ताक्षर संकलन अभियान  सञ्चालन गरिरहेको छ ।

नयाँ शक्तिले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक संसद्का लागि दवावमूलक कार्यक्रमहरु सञ्चालन गर्नुका साथै अब हुने संविधान संशोधनकै क्रममा यो व्यवस्था गर्नुपर्ने माग उठाउदै आएको छ ।