नयाँ शक्तिका दुई नेता माअाेवादी केन्द्रमा प्रवेश

काठमाडौं २७ साउन । नयाँ शक्ति पार्टी नेपालका नेताहरु रामचन्द्र झा र रामकुमार शर्मा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

झा नयाँ शक्ति पार्टीका सहसंयोजक र शर्मा केन्द्रिय कार्यकारणी सदस्य हुन । यी दुवै नेताले शुक्रबार विहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे उपस्थितमा माअाेवादी केन्द्रमा प्रवेश गरेका हुन ।

यी दुबै जना नेताकाे पहलमा उपेन्द्र यादव नेतृत्वकाे संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीकाे एकीकरण प्रयास भएकाे थियो । उक्त प्रयास असफल भएपछि दुबै नेता निरास देखिदै अाएका थिए ।

नेकपा एमालेमा लामाे समय विताएका झा मधेशमा प्रभावशाली र इमान्दार नेताका रुपमा चिनिन्छन । नयाँ शक्ति छाडेर उनी एमालेमा प्रवेश गर्ने हल्ला चले पनि अन्ततः उनी माअाेवादी केन्द्रमा प्रवेश गरेका छन ।