October 19, 2017

नयाँ बर्षकाे अवसरमा एनसेलले ल्यायो आकर्षक रोमिङ् अफर

काठमाडौं ३० चैत्र । एनसेलले नयाँ वर्ष २०७४ को अवसरमा रोमिङ्मा रहेको बेलामाभ्वाइस, डेटा र एसएमएस सेवाप्रयोग गर्ने सबै प्रिपेड र पोस्टपेड ग्राहककालागि रोमिङ् योजनाहरु ल्याएको छ ।
भाेलि देखि सुरु हुने यस सेवामा विदेश भ्रमणमा रहेका एनसेल प्रयोगकर्ताले दैनिक डेटा रोमिङ् प्याक, दैनिक रोमिङ् भ्वाइस र एसएमएस प्याक जस्ता सुविधा प्रयोग गर्न सक्नेछन ।

एनसेलकाग्राहकले आफु रोमिङ्मा रहेको समयमापनिआफ्ना परिवार, आफन्ततथा संम्बधित देशकाव्यवसायिक साझेदारहरुसँग सुलभ दरमा सम्पर्क गर्न सक्नेछन् ।
दैनिक रोमिङ् डेटा प्याकअन्तर्गत एनसेलकाग्राहकले यो सेवानिःशुल्क सुचारु गरि कर सहितमात्र रु ५०० मा अनलिमिटेड डेटाको प्रयोग गर्न सक्नेछन् ।

यो सेवा एक पटक सुचारु गरेपछिग्राहकले निष्कृय नगरेसम्म सुचारु रहिरहने  एनसेलले बताएकाे छ । नेपालको समय अनुसार हरेक मध्यरातमा यो सेवा स्वतःनविकरण हुनेछ, शुल्क रु ५०० भने ग्राहकले डेटा प्रयोग गरेको खण्डमा मात्रलाग्नेछ ।

अर्थात् प्याकनविकरण भएपनिडेटा प्रयोग नगरेमा प्याकबापतकोशुल्कलाग्ने छैन । दैनिक रोमिङ् डेटा प्याकभारत, चिन, हङकङ, अमेरिका, बेलायतलगायतका ५३ देशमालागु हुने एनसेलले जनाएकाे छ ।
आफ्नो सञ्चार सेवाको आवश्यकताबमोजिम, ग्राहकले भ्वाइस र एसएमएस प्याकजति पटक पनि लिन सक्छन् । यो प्याकभारत, चीन, हङकङ, अमेरिका, जमर्नी , युएई, लगायतकाविभिन्न ३५ गन्तव्यहरुमालागु हुनेछ ।

एनसेलकाग्राहकले एस्ट्रिक्स१७१२९ह्यास डायल गरि प्राप्तजानकारी अनुसार दैनिक रोमिङ् डेटा प्याक र दैनिक रोमिङ् भ्वाइस र एसएमएस प्याक सुचारु गर्न सक्नेछन् ।

यसका साथ–साथै एनसेलको प्रिपेड रोमिङ् सेवाउपलब्ध रहेका गन्तव्यहरुमाआफ्ना प्रिपेड ग्राहककालागि रोमिङ् सेवा स्वतउपलब्ध हुने बनाएको छ ।

यस अन्तर्गत जब प्रिपेड ग्राहकहरु आफ्नो मोबाइललिएर विदेश भ्रमणमा जान्छन् उनीहरुलाई सम्बन्धित देशमापुग्ने बितिकै रोमिङ् सेवा स्वतउपलब्धभएको जानकारी गराइने छ ।

भारत र चीनको लागिभने प्रिपेडमा स्वत रोमिङ उपलब्ध हुने छैन, ग्राहकले आफु यात्रामाजानु अघि एस्ट्रिक्स१७१२९ह्यास डायल गरि निर्देशनअनुसार रोमिङ सेवा सुचारु गनुपर्नेछ ।