नयाँ पार्टी घोषणाको तयारीमा प्रकाशचन्द्र लोहनी , पार्टीकाे नीति हिन्दू राष्ट्र र राजसंस्था

काठमाण्डौ, १ चैत्र । भरखरै राप्रपा परित्याग गरेका डाक्टर प्रकाशचन्द्र लोहनीले नयाँ पार्टी निर्माण गर्ने बताएका छन ।

हिमालय टेलिभिजनको नियमित कार्यक्रम ‘समय सन्दर्भ मा कुरा गर्दै नेता लोहनीले आफूलो खोल्ने पार्टीले हिन्दू राष्ट्र र संसद् मातहतको राजसंस्थाको नीति लिने पनि बताएका छन ।

नेता लोहनीले नयाँ अनुहारसहितका व्यक्तिहरुलाइ समावेश गरी केही दिनमै नयाँ पार्टी घोषणा गर्ने जानकारी दिए । उनले राप्रपा अध्यक्ष कमल थापाको कार्यशैली हैकमवादी भएकाले आफू सो पार्टीमा बस्न नसकेको उल्लेख गरे ।