October 22, 2017

नयाँ पार्टी दर्ता गराउँदै लोहनी

काठमाण्डौ,१५ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टी छोडेका डा प्रकाशचन्द्र लोहनीले नयाँ पार्टी खोल्ने तयारी गरेका छन ।

पार्टीको नाम एकीकृत राप्रपा (राष्ट्रवादी) नेपाल हुने बताइएको छ । लोहनीले पार्टी अध्यक्ष कमल थापासँग असन्तुष्ट अन्य नेताहरुलाई समेटने जनाएका छन । एक नेताका अनुसार मंगलबार धुम्बाराहीमा भएको एक भेलाले पार्टी र्दताको प्रक्रिया टुंग्याएको छ ।

पार्टी अधक्ष्यमा लोहनी र वरिष्ठ नेता केशरबहादुर विष्ट रहने भएका छन। पार्टी यही साता निर्वाचन आयोगमा दर्ता गर्ने तयारी छ ।सुरु केन्द्रीय समिति ५१ सदस्यीय रहने छ । पार्टी स्रोतका अनुसार चुनाव चिन्ह हलो राखिने भएको हो । यो खबर आजको हिमालय टाइम्स दैनिकमा छ ।