August 17, 2017

नक्कलि प्रहरी बनि डकैति गर्ने एक प्रहरी जवान सहित ६ जना प्रक्रउ

काठमाण्डौ, २० चैत्र । हतियार देखाइएर सुन कारखानामा डकैती गरेको आरोपमा प्रहरीले १ जना प्रहरी जवान सहित ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
गत शुक्रबार साझ काठमाण्डौको मरुहिटीस्थित शिवप्रसाद माईटीको सुन कारखानामा गएर नक्कलि प्रहरी बनि डकैति गरेको आरोपमा पक्राउ गरेका एक प्रहरी जवान सहित ६ जनालाई आइतबार महानगरीय अपराध महाशाखा टेकुले पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो ।

विशेष सुराकिको आधारमा प्रहरीले घट्ना घटेको २४ घण्टा नवित्दै शनिबार दिउसो ६ जनालाई नियन्त्रणमा लिइसकेको थियो । पक्राउ पर्नेमा प्रहरी जवान चितवनका २६ वर्षिय अजय गुरुङ, धादिङका ३३ वर्षिय राजकुमार तामाङ, काभ्रे रोशीका १९ वर्षिय पाल्देन भन्ने क्षितीज तामाङ, सोही जिल्ला नमोबुद्धका २८ वर्षिय लाप्साङलामा, २२ वर्षिय सुभाष खरेल र २१ बर्षिय देव तामाङ रहेका छन् ।
घट्नामा संलग्न एक प्रहरी हवल्दार र एक प्रहरी जवान सहित ३ जना अभियुक्त फरार रहेको समेत महाशाखाले जनाएको छ ।

फरार हुने अभियुक्तहरुमा गोर्खाका ३२ वर्षिय बल बहादुर मगर, उदरपुरका २८ वर्षिय नविन ढकाल र धादिङका ३२ वर्षिय हर्क बहादुर तामाङ रहेका छन् । फरार अभियुक्तको खोजि कार्य भइरहेको पनि महाखाशाले जनाएको छ ।

नक्कलि प्रहरी बनि हातहतियार देखाएर उक्त समुहले सुनचादिका गरगहना सहित ६४ तोला सुन, नगर १३ हजार रुपैया र ४ थान मोबाइल लुटेको थियो । तर प्रहरीले अभियुक्त सहित उक्त सामान समेत जफत गरिसकेको छ ।