October 20, 2017

एनअारएनएकाे महासचिवमा अर्जुनकुमार श्रेष्ठकाे उम्मेद्वारी घोषणा

काठमाडौं २६ असोज । रेमिट्यान्सलाई  धौलागिरी अञ्चलमा बैधानिक तवरबाट भित्र्याउन पहलगरेका पर्वतका अर्जुनकुमार श्रेष्ठले असोज २८ देखि ३१ सम्म काठमाडौंमा सम्पन्न हुने आठौं अन्तराष्ट्रिय सम्मेलनमा एनआरएनए महासचिवको उम्मेदवारी दिने घोषणा गरेका छन् ।

पर्वतको फलेवासका  श्रेष्ठ सन २००९ देखि निरन्तर एनआरएनएको केन्द्रीय नेतृत्वमा छन् । उनी आईसीसी सदस्य, यूरोप संयोजक तथा हाल आईसीसी सचिव को महत्वपुर्ण जिम्मेवारीमा छन् ।

सन् २००३ देखि बेल्जियममा व्यवसाय गर्दै आएका श्रेष्ठले आफ्नो अनुभव र सिपलाई उपयोग गर्न महासचिवको उम्मेदवारी घोषणा गरेको बताएका छन ।

संस्थागत सुधार र एनआरएनलाई साँच्चिकै एनआरएन बनाउने अभियानमा समस्त गैरआवासिय नेपाली दिदीबहिनी तथा दाजुभाईको साथ सहयोग र सदीक्षा रहने उनको भनाइ रहेको छ ।