धुर्मुस सुन्तली फाउण्डेशनलाई अमेरिकाको बोस्टनबाट झण्डै १४ लाख सहयोग प्रदान

काठमाण्डौ, १३ चैत । धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको महोत्तरीको बर्दिवासमा रहेको एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागि अमेरिकाको बोष्टन बासीले झण्डै १४ लाख रुपैँया सहयोग गरेका छन् ।
बोस्टनमा भएको एक कार्यक्रममा उपस्थित भएका १३१ जना सहयोगीहरु बाट फाउण्डेशनलाई जम्मा १३ लाख ८८ हजार १ सय रुपैँया सहयोग संकलन भएको हो ।
‘मानवता र सद्भावका लागि सहकार्य, राष्ट्र निर्माण तपाई हाम्रो अभियान’ भन्ने मुल नाराका साथ फाउण्डेशनले थालेको अभियानलाई बोष्टन बासीले आत्मसाथ गदै सहयोग संकलन गरेका हुन् ।
‘धुर्मुस सुन्तली अभियान सहयोग कार्यक्रम बोस्टन’ नामक कार्यक्रमको आयोजना गदै बोस्टन बासीले फाउण्डेशनको सामाजिक कार्यमा सहकार्य गदै उक्त सहयोग संकलन गरेको हो ।
कार्यक्रममा हिमालयन हेरिटेज कल्चरल एकेडेमीका कलाकारहरुले साङ्गीतिक प्रस्तुती दिएका थिए । उक्त अभियानले फाउण्डेशनलाई दुई किस्तामा सहयोग रकम पठाएको छ ।
यता फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ ले भने,  ‘नसोचेको सहयोग प्रप्त भएको बताउँदै सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिन चाहन्छु ।’  फाउण्डेशनले निर्माण गरिरहेको एकिकृत नमुना मुसहर बस्ती निर्माणको अहिले अन्तिम चरणको काम भइरहेको छ ।
फाउण्डेशनले पनि नयाँ बर्षमा बस्ती हस्तान्तरण गर्ने बताइरहेको हुनाले पनि अहिले फाउण्डेशन बस्ती छिट्टै सक्काउने तयारी गरिरहेको छ ।