October 23, 2017

धुर्मुस सुन्तली फाउण्डेशनलाई कोिरयाबाट ३ लाख ३९ हजार रुपैया सहयोग

काठमाण्डौ, १० चैत्र । धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागि दक्षिण कोरियामा रहेको ढेउ नेपाली एकता समाजले ३ लाख ३९ हजार २ सय ३३ रुपैंया सहयोग रकम हस्तान्तरण गरेको छ ।

ढेउ नेपाली एकता समाजका पदाधिकारीहरुले नेपाल स्थित फाउण्डेशनकै कार्यालयमा आई उक्त रकम सहयोग गरेका हुन् ।

फाउण्डेशनको कामलाई आफूहरुले नजिकबाट नियालिरहेको बताउँदै समाजका संस्थापक अध्यक्ष मोहन पण्डितले फाउण्डेशनलाई सहयोग गर्न पाएकोमा खुसी लागेको बताए ।

फाउण्डेशनको बस्ती हस्तान्तरणको नजिक आईपुग्दा समेत पुरा सहयोग नउठेकोमा दुःख व्यक्त गर्दै उनले कुनै पनि बाधा नहोस् भन्नका लागि आफुहरुले सहयोग गरेको धारणा राखे ।

सहयोग हस्तान्तरण कार्यक्रममा ढेड नेपाली एकता समाजका संरक्षक कुवीर लिङदेन, संस्थापक अध्यक्ष मोहन पण्डित, पुर्व उपाध्यक्ष तिर्थराज पाण्डे, सदस्यहरु बिजेन्द्र खाँड तथा राजकुमार देउवा र पत्रकारहरु टिका भुजेल, राम प्र अधिकारी र नारायण खनाल उपस्थित थिए ।