October 22, 2017

धुर्मुस सुन्तली फाउण्डेशनलाई टुरिजम डेभलपमेन्ट बैंकको ५ लाख सहयोग

काठमाण्डौ, ८ चैत्र । एकिकृत नमुना मुसहर बस्ती निर्माण गरिहेको धुर्मुस सुन्तली फाउण्डेशनलाई टुरिजम डेभलपमेन्ट बैंकले ५ लाख आर्थिक सहयोग प्रदान गरेको छ ।

बैंकले स्थापनाको सातौं बर्ष पुरा गरी आठौं बर्ष प्रवेश गरेको अवसर पारी उक्त रकम सहयोग गरेको हो ।

बिगत आधा दशकदेखी बैंकिङ्ग सेवामा निरन्तर सक्रिय रहेको यस बैंकले एक समारोहको आयोजना गर्दै सोमबार उक्त सहयोग हस्तान्तरण गरेको हो ।

मानवता र सदभावका लागि निर्माण गर्न लागिएको बस्तीसँगै चरम गरिबीको चपेटाबाट मुसहरलाई मुक्त गर्न धुर्मुस सुन्तली फाउण्डेशनले गरेको कामको प्रसंसा गदै बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज खड्काले फाउण्डेशनकि कोषध्यक्ष कुञ्जना घिमिरेलाई चेक हस्तान्तरण गरेका हुन ।

फाउण्डेशनको काम प्रति आफुहरुले पहिलेदेखीनै नजिकबाट नियालीरहेको बताउदै अधिकृत खड्काले फाउण्डेशनको निर्माण कार्यका लागि आफुहरुले सक्दो सहयोग गर्ने बताएका छन् ।