धुम्रपान छोड्न चाहनुहुन्छ ? अपनाउनुहोस् ५ सरल तरिकाहरु

काठमाण्डौ, २१ फाल्गुन । कुनै पनि मानिसको जीवनमा एक प्रकारको लतको बानी बसेको हुन्छ । बानी पनि राम्रो र नराम्रो गरी दुई प्रकारको हुन्छ । कतिपय मानिस आफ्नो खराब बानी छोड्न नसकेर तनावमा परिरहेका हुन्छन् ।

धुम्रपान पनि नराम्रो लत हो । यदि तपाई पनि यो लतमा फस्नु भएको छ भने चिन्ता नलिनुस् । तल दिइएका सरल ७ तरिकाबाट यो बानी हटाउन सकिन्छ ।

१. चुईगम चपाउने
डाक्टरहरुको सल्लाह अनुसार आफुलाई मन पर्ने फ्लेवरको चुईगम प्रयोग गरेर निकोटिनको लत हटाउन सकिन्छ । जब तपाईलाई धुम्रपान गर्न मन लाग्छ तब चुईगमको प्रयोग गर्नुस् ।

२. कसरत र योगा
नियमित ३० मिनेटको कसरत र योगा गर्दा यो समस्याबाट मुक्ति पाउन सकिन्छ । कसरतले गर्दा शरीरमा एंडोर्फिन हर्मोन सञ्चार हुन्छ र यसले धुम्रपानको लत छुटाउन मद्दत गर्दछ ।

३. लामो सास लिनुहोस्
जब तपाईलाई धुम्रपान गर्न मन लाग्छ तब १० या १५ मिनेटसम्म लामो सास लिनुहोस् । यसले दिमाग स्वच्छ हुन्छ र धुम्रपानको लत कम हुन्छ ।

४. रचनात्मक कार्यमा ध्यान दिनुहोस्
यदि तपाईको कुनै चिजमा लगाव छ भने खाली समयको त्यसरी सदुपयोग गर्नुहोस् । यसले तपाईको मन फेरिन्छ र धुम्रपानको लत कम हुन्छ ।

५. आफैं प्रेरित हुनुहोस्
यदि तपाई धुम्रपान गर्दै हुनुहुन्छ भने यो सोच्नुहोस् कि यो राम्रो हो कि होइन । आफैलाई बारबार सम्झाउनुहोस् कि म यो गलत गर्दैछु । यो नै सबैभन्दा उपयुक्त प्रक्रिया हो ।