October 21, 2017

धनगढी प्रिमियर लिग (डिपिएल)को तालिका सार्वजनिक

काठमाण्डौ, ८ चैत्र । बहुप्रतिक्षित सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) को खेल तालिका सार्वजनिक भएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमीले मंगलबार खेल तालिका प्रकाशित गरेको हो ।

खेल तालिका अनुसार चैत्र २८ गते हुने उद्घाटन खेलमा ज्ञानेन्द्र मल्लले नेतृत्व गरेको सिवाईसी अत्तरिया र बसन्त रेग्मी नेतृत्वको काठमाडौं गोल्डेन्स आमने सामने हुने भएका छन् ।

त्यस्तै, प्रतियोगितामा २८ गते दिउँसो शक्ति गौचन नेतृत्वको रुपेन्देही च्यालेन्जर्स र बिनोद भण्डारी नेतृत्वको कञ्चनपुर आईकोनिक आमने सामने हुने भएका छन् ।

२९ गते बिहान शरद भेषवाकर नेतृत्वको विराटनगर किंग्स र पारस खड्का नेतृत्वको टिम चौहारा धनगढी आमने सामने हुँदैछन् । प्रतियोगिताको फाईनल वैशाख ९ गते हुनेछ ।

उक्त खेलको टिकटबाट उठेको पैसा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणमा सहयोग गरिने धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले बताए ।