धनगढी प्रिमियर लिगमा सिवाईसी अत्तरियाको विजयी सुरुवात

धनगढी, २८ चैत्र । सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डीपीएल) को पहिलो खेलमा सीवाईसी अत्तरिया विजयी भएको छ ।

गत वर्ष भएको धनगढी क्रिकेट लिगको उप विजेता  काठमाडौं गोल्डेन्सलाई ४० रनले पारजित गरेको हो । टस हारेर पहिले व्याटिङ गरेको सीवाईसी अत्तरियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४६ रन बनायो ।
सुरुवातमा विकेट गुमाएर दवावमा परेको अत्तरीयाका लागि योगेन्द्र सिंह कार्कीले ५७ रनको अर्ध शतकिय पुर्याए ।

त्यस्तै ज्ञानेन्द्र कुवरले नटआउट ३४, दिलिप नाथले १५, प्रदिप ऐरीले नटआउट १३ तथा रोशन नेपालीले १० रन बनाए । काठमाडौंका सोमपाल कामीले दुई विकेट लिए । त्यस्तै मन्जित श्रेष्ठ, आरके पौडेल र सन्तोष भट्टले १/१ विकेट लिए । एक सय ४७ रनको लक्ष्य पछ्याएको काठमाडौंले १८ दशमलव चार ओभरमा सबै विकेट गुमाएर एक सय ६ रन मात्रै बनाउन सक्यो । काठमाडौंका सोमपाल कामीले ४० तथा सन्तोष भट्टले ३१ रन बनाउनु वाहेक अरुले दोहोरो अंकमा रन वनाउन सकेनन। जितका लागि सिवाइसी अत्तरियाका अविनाश बोहराले चार तथा विनोद लामाले तीन विकेट लिए ।

अत्तरियाका अविनाश बोहरा वेल्स क्याफे म्यान अफ द म्याच हुदै नगद १० हजार हात पारे । सिवाइसी अत्तरिया ज्ञानेन्द्र मल्ल तथा काठमाडौं गोल्डेन्स बसन्त रेग्मीको कप्तानीमा खेलिरहेका छन् ।लिग अन्तर्गतको दोस्रो खेलमा अहिले १ वजेदेखि कञ्चनपुर आईकोनिक र विराटनगर किङस बिच प्रतिस्पर्धा भईरहेको छ ।