August 16, 2017

धनकुटा कांग्रेसले गठन गर्यो १ सय ५१ सदस्यीय चुनाव प्रचार प्रसार समिति

धनकुटा ५ चैत्र । स्थानीय तहको निर्वाचन अभियानलाई धनकुटामा सशक्त बनाउन नेपाली कांग्रेसले निर्वाचन परिचालन तथा प्रचार प्रसार मुल समिति गठन गरेको छ ।
नेपाली काँग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेलको संयोजकत्वमा १ सय ५१ सदस्यीय मुल समिति र ९ सदस्यीय कार्य सम्पादन समिति गठन गरेको छ ।
कार्य सम्पादन समितिमा सभापति अग्नी प्रसाद पौडेल,उपसभापति नविन किशोर शाक्य,सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई र सदस्यहरुमा सिता प्रधान,कमोठ फागो,निर्मल ओझा,लेखनाथ पौडेल र अम्विका परियार रहेका छन ।
यसैगरी नेपाली कांग्रेस धनकुटाका पूर्व सल्लाहकार गोपाल अधिकारीको संयोजकत्वमा स्थानीय घोषणा पत्र तयारी समिति,कोषाध्यक्ष दिनेश राईको संयोजकत्वमा आर्थिक समिति र नविन किशोर शाक्यको संयोजकत्वमा स्वयमसेवक परिचालन समिति गठन गरेको छ ।
यस्तैगरी अन्य राजनैतिक दलहरुसंग वार्ता तथा समन्वय र सहकार्य गर्न जिल्ला पार्टी सभापति अग्नी प्रसाद पौडेल संयोजक र सदस्यहरु मनोहर नारायण श्रेष्ठ,अञ्जना ताम्लि,लिला सुब्बा,अजित नारायण सिंह थापा,आनन्द सन्तोषी राई,जितेन्द्र राई र इन्दिरा थापा रहनु भएको उच्च स्तरीय समिति गठन गरेको छ ।