June 27, 2017

धनकुटामा स्थानीय तहको निर्वाचनको तयारी शुरु

विजय राई
धनकुटा २८ फाल्गुन । जिल्ला निर्वाचन कार्यालयले धनकुटामा स्थानीय तहको निर्वाचन सम्पन्न गर्न आवश्यक कार्य सम्बन्धि तयारी थालेको छ ।

निर्वाचन कार्यालयले धनकुटामा क्रियाशिल राजनैतिक दलका प्रमुखहरुसंग अन्तरक्रिया तथा छलफल सुरु गरेर निर्वाचनको माहौल बनाउन थालेको हो ।
धनकुटामा सात वटा स्थानीय निकाय छन । ती सबै निकायमा निर्वाचनका लागी आवश्यक मतदान केन्द्रको संख्या, निर्वाचत आचार संहिता, निर्वाचन निर्देशिका लगायत विभिन्न विषयमा जिल्ला निर्वाचन अधिकृत प्रदिव शाह र जिल्ला निर्वाचन कार्यालय धनकुटाका प्रवक्ता केशव पौडेलले सहजीकरण गर्दै आएका छन ।
धनकुटा जिल्लामा धनकुटा नगरपालिका,पाख्रिवास नगरपालिका,महालक्ष्मी नगरपालिका,चौविसे गाउँपालिका,सागुरीगढी गाउँपालिका,खाल्सा छिन्ताङ्ग शहिद भूमी गाउँपालिका र छथर गाउँपालिकामा गरी तिन नगरपालिका र चार गाउँपालिकामा गरी जम्मा ७ वटा स्थानीय तह र त्यसका ६० वटा वडाहरु रहेका छन ।