धनकुटामा पहिलो पटक ई-लाईब्रेरी सञ्चालनमा

विजय राई/ धनकुटा, ३० चैत्र । धनकुटामा पहिलो पटक ई -लाइब्रेरी संचालन ल्याइएको छ ।

ई-लाईब्रेरीको शहिद भीम नारायण स्मृती भवन धनकुटामा नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेलले उद्घाटन गर्दै अहिलेको सूचना र प्रविधिको युगमा ई -लाइब्रेरी  अत्यन्तै महत्वपूर्ण भएको बताए ।

नेपाली कांग्रेस धनकुटाका निवर्तमान सभापति तथा सांसद मनोहर नारायण श्रेष्ठको सांसद विकास कोषको तिन लाख पचास हजार रुपैयाँ र स्थानीय जनश्रमदान ७० हजार रुपैयाँ  गरी जम्मा चार लाख २० हजार रुपैयाँको लागतमा धनकुटामा पहिलो पटक नमुनाको रुपमा १० वटा ल्यापटप,कम्प्युटर राखी इमेल इन्टरनेट जडान गरी ई-लाईब्रेरी संचलान गरिएको हो ।

ई-लाईब्रेरीमा इन्टरनेट मार्फत पत्रपत्रिका पढ्न र विभिन्न समाचारहरु सुन्न र हेर्न तथा विभिन्न समाचारहरु पठाउने सुविधा रहेको नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले बताए ।