October 18, 2017

धनकुटामा औद्योगिक ग्राम निर्माण हुने

विजय राई
धनकुटा २२ फाल्गुन । धनकुटाका उद्यमी व्यवसायीहरुले धनकुटा नगरपालिका वडा नं. ३ मा औद्योगिक ग्राम निर्माणका लागि छलफल सुरु गरेका छन ।
सरकारले औद्योगिक क्षेत्र कम्पनी लिमिटेडको नाममा रहेको जग्गा घरेलु तथा साना उद्योग विकास समितिको नाममा दिने निर्णय गरेपछि स्थानिय उद्यमीहरु ऋौद्योगिक ग्राम निर्माणका लागि अघि सरेका हुन ।
६७ रोपनी भन्दा बढी रहेको उक्त जग्गामा औद्योगिक ग्राम निर्माण गर्नका लागी नेपाल सरकारले यसै बर्षका लागी ३ करोड बजेट बिनियोजन गरेकोले छ ।
औद्योगिक ग्रामको जग्गामा कम्पाण्ड बाल,पहुच मार्ग लगायत अन्य भौतिक संरचनाहरु निर्माण गर्ने बिषयमा आज सर्वपक्षिय छलफल कार्यक्रम समेत भएको छ ।