October 17, 2017

धनकुटामा एक हजार भन्दा बढी कांग्रेसमा प्रवेश

धनकुटा २९ चैत्र । स्थानीय तहको निर्वाचन नजिकनेक्रमसंगै धनकुटा जिल्लामा विभिन्न पार्टी परित्याग गरी एक जार भन्दा बढी नेता तथा कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन ।

नेपाली काँग्रेस प्रवेश गर्नेहरुमा खुम्वुवान राष्ट्रिय मोर्चा नेपालका केन्द्रिय सदस्यहरु, संघिय समाजवादी फोरम नेपाल धनकुटाका  नेताहरु,लिम्बुवान पार्टी,नेकपा एमाले र नेकपा माओवादीका एक हजार भन्दा बढी नेताहरु नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छन ।
खुम्वुवान राष्ट्रिय मोर्चा नेपालका केन्द्रिय सदस्य तथा धनकुटा जिल्ला अध्यक्ष नेपाल धन राई,केन्द्रिय सदस्य कृष्ण खम्बु, धनकुटा जिल्लाका वरिष्ठ उपाध्यक्ष खड्ग वहादुर खम्बु,उपाध्यक्ष गजेन्द्र खम्बु,उपाध्यक्ष चेत कुमार खम्बु,सचिव कृष्ण खम्बु,सहसचिव बुद्धिमान खम्बु,कोषाध्यक्ष हर्कराज खम्बु,सह कोषाध्यक्ष किरण खम्बु लगायत ७ सय ८६ जना खुम्वुवान राष्ट्रिय मोर्चा नेपाल धनकुटाका नेताहरु, संघिय समाजवादी फोरम नेपाल धनकुटाका प्रभवाशाली नेताहरु निर्देश लिम्बु लाल लिम्बु आईत लिम्बु लगायत ३ सय २४ जना संघिय समाजवादी फोरम नेपाल धनकुटाका नेताहरु ,लिम्बुवान पार्टी ११ जना,नेकपा एमाले १३ जना र नेकपा माओवादी केन्द्र धनकुटा १९ जना गरी एक हजार १ सय ५३ जना नवप्रवेशी नेताहरुलाई आज धनकुटको भेडेटारमा भव्य स्वागत गरी पार्टीमा प्रवेश गरेको नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले वताए ।
नवप्रवेशी नेताहरुलाई नेपाली कांग्रेसको सदस्यता प्रदान गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य सांसद भीष्मराज आङदम्बे,नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेल,सासंद तथा नेपाली कांग्रेसका नेता मनोहर नारायण श्रेष्ठ,सांसद अञ्जना ताम्ली,पूर्व सांसद लिला सुब्बा लगाययतका नेताहरुले खादा ,माला तथा अविर लगाई स्वागत गरेका थिए ।