October 23, 2017

द्वन्द्वपीडितले दिए आयोगमा धर्ना

काठमाण्डौ, २ चैत्र । द्वन्द्वपीडितहरुले सत्य निरुपण तथा मेलमिलाप आयोगमा धर्ना दिएका छन् ।

द्वन्द पीडितहरुले आफ्नो सत्य, न्याय र परिपूरणको अधिकारमाथि चरम खेलवाड भएको भन्दै बुधबार आयोगमा धर्ना दिएका हुन् ।

त्यस्तै द्धन्दपीडितहरुले आयोगले २ वर्षमा गरेको कार्य र उपलब्धी सावर्जनिक गर्न माग गरेको छ । मानवअधिकार उल्लंघनका सत्य तथ्य पत्ता लगाउन गठित आयोगका सदस्यबीच व्यक्तिगत टकराव भएको उनीहरुको आरोप छ ।

पीडितको सत्य, न्याय र परिपूरणको अधिकार सुनिश्चित गनुपर्ने राज्यको दायित्वप्रति जवाफदेही बनाउन चरणबद्ध दबाबको कार्यक्रमलाई निरन्तरता दिने जनाएका छन् ।