April 26, 2017

दोस्रो नेपालगन्ज गोल्डकप फुटबल प्रतियोगताको उपाधी रुपन्देही ११ लाई

काठमाण्डौ, ३ चैत्र । नेपालगन्जमा जारी टुबोर्ग दोस्रो नेपालगन्ज गोल्डकप फुटबल प्रतियोगताको उपाधी रुपन्देही—११ ले जितेको छ ।

आज नेपालगन्ज रंगशालामा सम्पन्न फाईनल खेलमा रुपन्देहीले संकटालाई सडेन डेथमा ७—६ ले पराजित गर्दै उपाधि चुमेको हो ।

उपाधीसंगै रुपन्देहीले ५ लाख रुपैंया र उपविजेता संकटा क्लबले २ लाख ५१ हजार रुपैंया प्राप्त गरेका छन् ।

खेलको पहिलो हाफमा दुबै टीमबाट कुनै गोल हुन सकेन । टाईब्रेकरमा पनि दुबै टीमबाट ४—४ गोलको बराबरी भएपछि नतिजाको लागि सडेन डेथलाई कुर्नु पर्‍यो । सडेन डेथमा रुपन्देही ७—६ ले खेल जित्न सफल भयो ।

रुपन्देही–११ ले मनाङ्ग मर्स्याङ्दी र विभागीय नेपाल पुलिसलाई स्तब्ध पार्दै फाइनल यात्रा तय गरेको थियो भने संकटाले सशस्त्र प्रहरीको एपिएफ र सेमिफाइनलमा साविक विजेता सुदुरपश्चिम–११ लाई पाखा लगाउदै फाइनल यात्रा तय गरेको थियो ।

त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी रुपेन्देही ११ का अमर डगोंल भए । उनले एउटा सुजुकी बाइक प्राप्त गरे ।

त्यस्तै उत्कृष्ट डिफेन्डर रुपेन्देही ११ का मुसा, उत्कृष्ट गोलकिपर संकटाका अजय महर्जन, त्यस्तै उत्कृष्ट मिडफिल्डर रुपेन्देही ११ का गौरव बुढाथाेकी र उत्कृष्ट फरवार्ड संकटाका मार्टिन घोषित भए । उनीहरुले नगद रु. ५– ५ हजार प्राप्त गरे ।